सुनसरी, ५ भदौ । सुनसरीको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनुभएको चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते हुनुभएको छ । मोटरसाइकलमा पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो । एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।