गोरखा, ५ भदौं । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका गोरखा जिल्लाबाछ १५ खेलमा खेलाडीहरु सहभागी हुने भएका छन् । जिल्ला खेलकुद बिकास समितिले प्रतियोगितमा सहभागी हुने खेलाडीहरुको छनोट प्रक्रिया समेत अघि बढाएको जनाएको छ । समितिले जिल्लाबाट लैजाने खेलाडीहरुको छनौट भदौं ६ गतेदेखि हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समितिले जिल्ला खेलाडी छनौट सोमबारसम्म फारम भरिसक्नु पर्ने निर्णय गरेको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत पंचबहादुर राइले बताउनुभयो । छनौट अन्र्तगत भदौं ७ गते क्रिकेट प्रतियोगिता, ८ गते भलिवल प्रतियोगिता, कबडी र करातेका खेलाडीहरु छनोट गरिने उहाँले बताउनुभयो ।
त्यस्तै ९ गते एथलेटिक्स, जुडो, व्याटमिन्टनका खेलाडीहरुको छनोट गरिने राईले जानकारी दिनुभयो । छनौट प्रतियोगिता अन्र्तगत १० गते फुटवल खेलका खेलाडीहरुको छनोट हुने उहाँले बताउनभुयो । सवै खेलका लागि एक÷एक जना संयोजक तोकेर जिम्मेवारी दिएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । गोरखा जिल्लाबाट यस पटक हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ खेलमा खेलाडी सहभागी हुने प्रमुख प्रशासकिय अधिकृत राईले जानकारी दिनुभयो ।
जसमध्ये फुल कन्ट्याक्ट, उसु, स्क्वास, टेवल टेनिस र बक्सिङ खेलमा जिल्लाबाट सहभागी हुने खेलाडी स्वतः छनोट भइसकेको छन् । इच्छुक खेलाडीहरुलाई सहभागिताका लागि फारम भर्न आवहन गरेपछि निर्धारित जिल्लाले प्राप्त गरेका कोटाभन्दा धेरै खेलाडीको दरखास्त परेकाले जिल्लामा खेलाडी छनोट गर्न लागेको जिल्ला खेललकुद बिकास समितिले जनाएको छ ।
हरेक दुई/दुई बर्षमा खेल गएको दुईबर्षदेखि भने कोरोना संक्रमणको कारण सञ्चालन हुन सकेको थिएनन । यो बर्ष यही आउदो असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।