काठमाडौं, ३ भदौ । तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते भएका छन् । को शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा बिहीबार विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते हुनु भएको छ।
करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ।