Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बलात्कार आरोपमा एक जना पक्राउ


1.6K
Shares

बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौं, २ भदौ । प्रहरीले बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पुरूषलाई पक्राउ गरेको छ।

रामेछाप खाँडादेवी गाउँपालिका—८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका—५ सल्लाघारी बस्ने ४४ वर्षीय पदमध्वज भण्डारीलाई बलात्कार आरोपमा पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बिहीबार बिहान साढे १० बजे पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो।

उनीविरूद्ध चितवन जिल्ला अदालतबाट मंगलबार पक्राउ पूर्जी जारी भएको थियो।

उनी फरार भएको भन्ने खबर पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट बिहीबार पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन पठाउने कार्यालयले तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology