Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेपालमा ५ वर्षमा विद्युत खपत ३ गुणाले बढ्यो


1.1K
Shares

नेपालमा ५ वर्षमा विद्युत खपत ३ गुणाले बढ्यो

काठमाडौं, १ भाद्र । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताउनु भएकोे छ । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नु हदैं उहाँले यस्तो बताउनु भएको हो ।

‘हिजोको दिनमा विद्युत प्राधिकरण घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने बताउनु हुदैं यो सफलता प्राधिकरणको आन्तरिक म्यानेजमेन्टले मात्रै नभइ विद्युत खपत बढाउने योजनाअनुसार नै भएको उहाँको भनाइ छ ।

यस अवधिमा विद्युत खपत बढाउनका लागि धेरै ठाउँमा पूर्वाधार बनाइएको छ । ट्रान्समिसन लाइन र विद्युतीय सवारीको प्रयोग बढाउने विषय पनि उठाइएको छ । प्रत्येक वर्ष २५ प्रतिशतसम्म खपत बढ्नु ऊर्जा क्षेत्रमा ठूलो प्रगति भएको उहाँले बताउनु भयो ।

यसैगरी, गत आर्थिक वर्षमा प्राधिकरणको नाफा बढेर १६ अर्ब रुपैयाँ पुगेको छ । भारत सरकारबाट ३६४ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । जसले प्राधिकरणको नाफालाई उल्लेख्य सहयोग गर्यो ।

विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै विदेशी मुद्रा सञ्चिति भइ राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुगेकाले आगामी वर्षहरूमा थप बिजुली निर्यात गर्ने लक्ष्य लिइएको उहाँले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology