Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बिप्लव नेतृत्वको नेकपा गोरखाले बुझायो सिडियो मार्फत प्रधानमन्त्रीलाई ४ बुदेँ मागपत्र


3.6K
Shares

बिप्लव नेतृत्वको नेकपा गोरखाले बुझायो सिडियो मार्फत प्रधानमन्त्रीलाई ४ बुदेँ मागपत्र

गोरखा, १ भदौं । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि गोरखाले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ४ बुँदे माग बुझाएको छ । माग पत्रमा २०७७ फागुन २१ गते सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदेँ सहमति कार्यान्वयन गर्न जोडदार माग गरिएको छ । त्यस्तै सहमतीको बुँदा नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युष्निट पार्टी माथिको प्रतिबन्ध हटाउने, कारगारमा रहेका पार्टीका नेता तथा कार्याकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्धाहरु खारेज गर्ने सहमती भए अनुसार कार्यन्वयन गर्नुपर्नेमा उल्टै पार्टीका महासचिव बिप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य बिषम लगायतका नेता कार्यकर्ता माथि पक्राउ पुर्जी जारी गरिएको भन्दै कडा आपत्ती जनाइएको छ ।

साउन १६ गते ललितपुर जिल्ला अदालत मार्फत जारी गरिएको पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदेँ सहमतिको बिरुद्धमा भएको भन्दै माग पत्रमा उत्त कार्य निकै खेद जनक षडयन्त्रमुलक र मुलकलाई जवरजस्त द्धन्दमा धकेल्ने नियोजित मनासय रहेको उल्लेख गरिएको छ । त्यस्तै एमसिसी सम्झौता र एमपिपि परियोजनाले नेपालको राष्ट्रिय स्वाधिनता माथिको अमेरिकी सामराज्यबादको सिधै हस्तक्षेप भएको भन्दै उक्त सम्झौता तथा परियोजना खारेजी गर्न पनि नेकपाले माग गरेको छ ।

पछिल्लो समय देश चरम मूल्यबृद्धि र भ्रष्टाचारको दलदलमा फसेको र चौतर्फी क्षेत्रमा व्याप्त भ्रष्टाचारले गर्दा देश कङ्गालीकरण तर्फ धकेलिएको भन्दै चर्को मूल्यबृद्धिका कारण जनताको जीवन कष्टकर बन्दै गएकाले तत्काल भ्रष्टाचार रोक्न र असिमित रुपमा बढीरहेको मूल्य बृद्धि नियन्त्रण गर्नु पर्ने माग सो पार्टीले गरेको छ । त्यस बाहेक बिगतमा भएका असमान सन्धीसम्झौताका कारण नेपालमा बिदेशी हस्तक्षेप बढेको त्यस्ता सवै असमान सन्धी सम्झौताहरु खारेजी गर्नुपर्ने माग समेत गरेको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले मागपत्र सम्बन्धित निकायसम्म तत्काल पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्ञापन पत्रपछि प्रसासन कार्यालय अगाडी आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै जिल्ला सेक्रेटरी कपिल भट्टले आफुहरुको माग सम्बोधन नभए सर्घषमा उत्रने चेतावनी दिनुभयो । उहाँले राज्य सम्झौता गर्ने र सम्झौताको पालना नगर्ने परिपाटीले जनतासंगको बिस्वास गुमाउदै गएको भन्दै पार्टीको तर्फ प्रस्तुत गरिएका मागहरुलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोडदिनुभयो । जिल्ला सेक्रेटरी भट्टले भदौं ३ गतेसम्म पनि माग पुरा नभए भदौ ४ गते कोणसभा, ६ मसाल जुलुस र  ७ गते नेपालबन्द गर्ने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology