Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बञ्चरेडाँडामा प्रहरीको गोली लागेर एक युवक घाइते


2.5K
Shares

बञ्चरेडाँडामा प्रहरीको गोली लागेर एक युवक घाइते

काठमाडौं, ३१ साउन। काठमडौंको फोहोर व्यवस्थापन गरिने बञ्चरेडाँडा क्षेत्रमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन् ।

स्थानीय वासिन्दाले काठमाडौंबाट फोहोर लिएर गएको गाडी रोकेपछि प्रहरीले अवरोध हटाउने क्रममा रबरको गोली चलाएको थियो । प्रहरीले हानेको गोली आँखानजिकै लागेर स्थानीय कमल तामाङ घाइते भएका धुनीवेशी नगरपालिका—१ का वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिजुभयो ।

तामाङका अनुसार उहाँलाई उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको छ । उहााको आँखामाथिकव भागमा रबरको गोली अड्किएको छ ।

मंगलबार दिनभरजसो बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीय वासिन्दाबीच तनाव थियो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको थियो । तनावकै बीच डेढ सय भन्दा बढी गाडीले बञ्चरेडाँडामा फोहोर खसालेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology