काठमाडौं, ३१ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नु भएको छ ।
मंगलबार मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटनु भएको हो ।
मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गर्नु भएको प्रचण्डको सचिवालयले जनाएहर्क साम्पाङ छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गर्नु भएको थियो ।
धरानमा साम्पाङ स्वतन्त्रबाट मेयर निर्वाचित हुनु भएका हुन् भने मेघा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको हो।