Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बुढिगण्डकी जलविद्युत आयोजनाको काम तत्काल सुरु गर्न सरकारसँग माग


1.8K
Shares

बुढिगण्डकी जलविद्युत आयोजनाको काम तत्काल सुरु गर्न सरकारसँग माग

गोरखा, ३१ साउन । गोरखा र धादिङको सिमानामा रहेको १२ सय मेगावटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम तत्काल सुरु गर्न सांसद हरिराज अधिकारीले सरकार सँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्नु हुदै सांसद अधिकारीले बुढीगण्डकी जलविद्युत आयोजनाको काम तत्काल सुरु गर्न माग गर्नु भएको हो ।

पुर्नबास, पुनस्थापना र जनगुनासोलगायतका जनता सँग सम्बन्धित कामहरु छिटो गर्न पनि उहाँले बताउनु भयो ।

सांसद अधिकारीले विस्तिृत शान्ति सम्झैताको समयमा जगमा जन्मिएका पाँच वटा सहिद स्मृति आवसीय माध्यमिक विद्यालयहरुलाई बजेट बक्तव्य मार्फत प्रविधिक धार तर्फ सरकारी विद्यालय बनाउन शिक्षा मन्त्रालयले निर्देशिका बनाएर एक रुपतामा सञ्चालन गर्न पनि माग गर्नुभयो ।

हिजो मात्रै १८ जना अमेरिकी सेना बोकेर शसस्त्र प्रहरी नेपाली सेना सँग संयुक्त अभ्यसका लागी आएको भन्ने खबर आएको बताउनु भयो ।

विश्व शक्ति राष्ट्रहरु टकराइ रहेको बेला नेपाल सरकारले के गर्न खोजेको हो भन्दै प्रश्न गर्नु भयो । साथै आफुलाई यसको जवाफ पनि चाहिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology