Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जम्मु—कश्मिरमा बस नदीमा खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु


2.7K
Shares

जम्मु—कश्मिरमा बस नदीमा खस्दा कम्तीमा ६ प्रहरीको मृत्यु

एजेन्सी, ३१ साउन । भारतको जम्मु—कश्मिरमा इन्डो—तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।

बसमा ३९ जना सवार थिए। घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ।

ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology