काठमाडौं, ३१ साउन । सिराहामा एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले धनगढीमाई नगरपालिका—९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेको हो।
सोमबार राति पौने ९ बजे लहान नगरपालिका—१ स्थित पूर्व—पश्चिम राजमार्गबाट को १ च ७५७७ नम्बरको एम्बुलेन्स चालक गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो।
उनले एम्बुलेन्सको पछाडि बिरामी राख्ने ठाउँमा गाँजा बोकेको अवस्थामा फेला परेको हो।
एम्बुलेन्सबाट पाँच वटा बोरामा ९० किलो गाँजा बरामद गरेको हो। यस्तै, उनीबाट २८ हजार रुपैयाँ पनि बरामद गरेको प्रहरी निरीक्षक साहले बताउनु भयो।
यस घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय लहानबाट भइरहेको बताइएको छ।