काठमाडौं, ३१ साउन। अरिङ्गालको टोकाइबाट रोल्पामा एक जनाको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट घाइते भएका उहाँको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा हिजो राति मृत्यु भएको हो ।