Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा कोरोना संक्रमण बढ्दै, एकैदिन ५४ जनामा संक्रमण पुष्टि


1.4K
Shares

गोरखामा कोरोना संक्रमण बढ्दै, एकैदिन ५४ जनामा संक्रमण पुष्टि

गोरखा, ३१ साउन। गोरखामा एकैदिन ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा अस्पताल, पालुङटार नगरपालिका, भीमसेन थापा तथा अजिरकोट गाउँपालिकामा गरि २९० जनामा गरिएको एन्टिजेन परिक्षणमा ५४ जनामा संक्रमण देखिएको हो ।

संक्रमण थपिएका मध्ये सबै भन्दा बढी भीमसेन थापा गाउँपालिकामा ३८ जना रहेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार उक्त पालिकाको ५ स्कुलमा गरिएको परिक्षण क्रममा बिद्यार्थी र शिक्षक गरी ३८ जनामा संक्रमण देखिएको हो ।

गोरखा अस्पतालमा १० जना महिला र ५ जना पुरुष गरिएको परिक्षणमा २ जना महिलामा पोजेटिभ देखिएको छ । पालुङटार नगरपालिकामा ८ जना महिला र ४ जना पुरुषमा गरिएको परिक्षणका क्रममा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी, अजिरकोट गाउँपालिकामा १३ जना महिला र ८ जना पुरुषमा गरिएको एन्टिजेन परक्षणका क्रममा ७ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।

सोमबार १४१ जना महिला र १५० जना पुरुषको एन्टिजेन परिक्षण गर्दा २४ जना महिला र ३० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

साउन १ गते यता ६३७ जनाको एन्टिजेन परिक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको मध्ये ५८ जनाले कोरोना जित्न सफल भएका छन् ।

सोमबारसम्म जिल्लाको विभिन्न स्थानिय तहमा ८३ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology