Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पत्नीलाई आगो लगाउँदा उपचारका क्रममा पत्नीको मृत्यु


994
Shares

पत्नीलाई आगो लगाउँदा उपचारका क्रममा पत्नीको मृत्यु

जलेश्वर, ३० साउन । करिब एक साताअघि महोत्तरीको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरूषले आफ्नी पत्नीको जिउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ। रामगोपालपुर नगरपालिका–८ बस्ने शंकर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिँठ्यू जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जिउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उहाँहरूको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानाकारी दिनुभयो ।

साथै, सासू रेश्माको उपचार अझै भइरहेको प्रहरी उपरीक्षक पङ्गेनीले बताउनु भयो । यता घटनामा संलग्न शंकरलाई चार दिनअघि प्रहरीले नेपाल र भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology