Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

खोलाले बगाउँदा एक बालिका बेपत्ता


1.2K
Shares

खोलाले बगाउँदा एक बालिका बेपत्ता

डोटी, ३० गोरखा । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएको छ ।

डोटीको सायल गाउँपालिका – ६ रौकल्ला निवासी शेरबहादुर साउदको ९ वर्षीया छोरी सीता साउद ठूलो खोलाले बगाउँदा बेपत्ता भएको हो ।

आइतबार दिदी भगवतीसँग गोठाला गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका – ६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिनुभयो ।

आइतबार दिउँसो ठुलो पानी परेको थियो । पानी परेपछि बढेको खोला तर्ने क्रममा उनी बगेकी हुन्।

अहिले अस्थायी प्रहरी पोस्ट कलेनाको टोली र स्थानीयले बेपत्ता उनको खोजी गरिरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology