Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

खोलामा हाम फालेको व्यक्तिको उद्धार


1.8K
Shares

खोलामा हाम फालेको व्यक्तिको उद्धार

काठमाडौं, ३० साउन । विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका–१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका अपरिचित व्यक्तिको प्रहरीले उद्धार गरेको हो ।करिब ४०–४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो ।

उहाँको वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँको बाहिरी शरीमा केही चोट लागेको छैन तर बोल्न नसक्ने भएको प्रहरीको भनाइ छ । उनको अझै पहिचान हुन सकेको छैन । के कारणले खोलामा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology