Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेप्से परिसुचक करिब २८ अंकले घट्यो


1.3K
Shares

नेप्से परिसुचक करिब २८ अंकले घट्यो

काठमाडौं, २९ साउन । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ ।

करिब २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।

यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २।७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २।५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २।४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २।२६ प्रतिशतले घटेको छ ।

हाइड्रोपावर समूहको उपसूचक १.८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.०९ प्रतिशतले, बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज १.१३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology