Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बहिनीको प्रेमीको हत्या आरोपमा दाजुभाइ पक्राउ


1.6K
Shares

बहिनीको प्रेमीको हत्या आरोपमा दाजुभाइ पक्राउ

वीरगञ्ज, २९ साउन। बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा छिमेकका २३ वर्षका राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।

त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिँडेका राजकुमार वेपत्ता भएको भन्दै उहाँका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेका प्रहरीको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology