Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पहिरोले डोजर पुरिँदा एक युवकको मृत्यु


2.2K
Shares

पहिरोले डोजर पुरिँदा एक युवकको मृत्यु

डोल्पा, २९ साउन । डोल्पामा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोलेले डोजर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा सडक खनिरहेको अवस्थामा माथिबाट खसेको पहिरोलेले डोजर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका –१९, बाँकेका डोजर चालक ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो ।

सडक खनिरहेको बेला आइतबार बिहान माथिबाट खसेको पहिरोले डोजर पुरिँदा सुरजको घटन स्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरीका अनुसार घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली खटिएको छ ।

मृतकको शव घटना स्थलमा नै रहेको र घटनास्थलको प्रारम्भिक कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology