रुकुम, २८ साउन । जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो । दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते हुनु भएको छ ।
दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते हुनु भएको छ । घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्याइएको छ ।
जनपद प्रहरीका डीएसपी प्रकाश डाँगी र प्रहरी जवान घर्तीलाई अस्पता लैजाने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो ।