Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज थप २६३ कोरोना संक्रमित पुष्टि, दुई जनाको मृत्यु


1.3K
Shares

आज थप २६३ कोरोना संक्रमित पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ, २८ साउन । आज २४ घन्टामा देशभर थप २६३ कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको तथ्यांकअनुसार ३ हजार १६५ नमुना परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ३९९ पीसीआर परीक्षणमा १६२ र १ हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । हाल सम्म देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट  ५०१ जना निको र २ जनाको मृत्यु भएको छ । २४ घण्टामा १ लाख २७ हजार ३२१ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology