Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

वाईसीएलद्धारा कार्यकर्तालाई वित्तीय साक्षरता तालिम


1.4K
Shares

वाईसीएलद्धारा कार्यकर्तालाई वित्तीय साक्षरता तालिम

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ । वाईसीएलले राजधानी काठमाडौंमा कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उदेश्यसहित वित्तीय साक्षरता तालिम सञ्चालन गरेको हो ।

‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाईसीएलले राजधानी काठमाडौंमा युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिनुभयो ।

वाईसीएल झण्डा र डण्डा बोकेर दगुर्ने संगठन नभएको र तालिममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थिति गराइएको संयोजक देवकोटाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology