रुकुम, २८ साउन । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी घाइते भएका छन् । लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीटाउकोमा गहिरो चोट लागेको र सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ घाइते हुनु भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो ।
प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते हुनु भएको र सशस्त्र प्रहरी बलका प्रमुख नायब उपरीक्षक श्रेष्ठ भनेसामान्य घाइते हुनु भएको छ । गम्भीर घाइते भएका प्रहरी जवान बुढालाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनु भएको अधिकारी सुनवारले बताउनु भयो ।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर अहिले उद्धारका लागि घटनास्थलतर्फ गएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए।