Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पारिवारिक विवादमा भएको आक्रमणमा परी १० जनाको मृत्यु


1.9K
Shares

पारिवारिक विवादमा भएको आक्रमणमा परी १० जनाको मृत्यु

काठमाडौं, २८ साउन । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् ।

बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरेपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् ।

हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology