Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ


1.6K
Shares

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

वीरगञ्ज, २७ साउन । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव पक्राउ परेका हुन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको र त्यसपछि श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव जाँच प्रकृति मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology