पाल्पा, २७ साउन । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१ मा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर गए राति एक किशोरको मृत्यु भएको छ।
गुल्मीको छत्रकोट गाउँपालिका– ३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ।मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उहाँ डुबेर बेहोस हुनु भएको थिए ।
बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस