गाेरखा, २७ साउन । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले जनैपूणिर्मा तथा रक्षा बन्धनकाे अवसरमा शुभकामना दिनु भएकाे छ । ब्रह्कुमारी ईश्वरीय विश्व बिद्यालय गोरखा शाखाले आज आयोजना गरेको रक्षा बन्धन कार्यक्रममा बोल्नु हुदैं मेयर रानाले पर्वले सबैमा सुख शान्ति मिलाेस् भनेर कामना गर्नु भएकाे हाे ।
बिद्यालयका सञ्चालिका पबित्रा संग रक्षा बन्धन गर्नु हुदैँ मेयर रानाले रक्षा बन्धन एउटा महत्वपूर्ण पर्वको रुपमा लामो समयदेखी स्थापित हुदै आएको बताउनु भयाे। मेयर रानाले यस्ता पर्वहरुले हामीलाई बिकास निर्माणका साथै हरेक चिजमा सक्षम हुन सकौ र गोरखा नगरबासीमा नयाँ आयामको सुरुवात हुोस् भन्ने कामना समेत गर्नु भयाे।
सञ्चालिका पबित्राले पुराना आनाबानीलाई छाडेर सर्व हितैसी, सर्व कल्याण र सर्व मंगलको धारणा गर्न आवश्यक रहेको भन्दै अब आफुपनि पबित्र बन्न र अरुलाई पनि पवित्र बनाउन आवश्यक भएको धारणा राख्नु भयाे । यस्तो भएको खण्डमा विश्वमा शान्ति र सवैमा अमन चयन कायम हुने उहाँकाे भनाई छ।
कार्यक्रममा ब्रह्कुमारी विश्व बिद्यालय मान्उट आँबुबाट प्राप्त रक्षा बन्धनको समेत मेयर राना मगरले अनावरण गर्नु भएकाे थियाे। मेयर रानाले सोही अवसरमा सञ्चालिका पवित्रालाई समेत रक्षा बन्धन लगाई दिनु भएकाे हाे।
कार्यक्रममा गोरखा नगरपालिका ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी (दिलिप), जेष्ठ नागरिक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र गोरखाका निर्वतमान अध्यक्ष अच्युतलाल श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्के, निर्माण ब्यवसायी संघका निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठ लगायतले रक्षा बन्धन लगाएका थिए ।
शाखाका अनुसार गत बर्ष ३ हजार ५०० भन्दा बढी मानिसले रक्षा बन्धन लगाएको र यो बर्ष त्यो भन्दा पनि बढीले लगाउन सक्ने अनुमान गरिएको छ ।