चितवन, २६ साउन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ चितवनको जुगेडीमा ट्रकले सडक छेउमा हिँडिरहेका २५ वर्षे पुरुषलाई ठक्कर दिएपछि उहाँको मृत्यु भएको हो ।
हिजो राति सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ को जुगेडीमा परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ भने ट्रक चालक प्रहरी नियन्त्रणमा लिएको छ ।