Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु


1.6K
Shares

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर, २६ साउन। हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology