Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिबाट ढिला नहुनु पर्थ्यो : प्रचण्ड


1.2K
Shares

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिबाट ढिला नहुनु पर्थ्यो : प्रचण्ड

काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाउनु भएको.छ ।

जापान भ्रमणबाट बुधबार स्वदेश फर्किनु भएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताउनु भयो ।

नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु भएको छ । तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।

उहाँले आफु पहिलो पटक जापान भ्रमण गएको भए पनि धेरै राम्रो भएको बताउनु भयो । साउन २१ गते जापान भ्रमणमा जानु भएका प्रचण्ड चार दिनपछि आज बुधबार नेपाल फर्किनु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology