Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


1.5K
Shares

बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं, २५ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ घटेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology