Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वरिष्ठ छायाँकार बिदुर पाण्डेको हृदयघातका कारण निधन


2.5K
Shares

वरिष्ठ छायाँकार बिदुर पाण्डेको हृदयघातका कारण निधन

काठमाडौं, २५ साउन । नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उहाँको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिनुभयो।

पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषित गरेका हुन् । उहाँ ५४ बर्षका हुनु हुन्थ्यो ।

‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उहाँले छायांकन गर्नु भएको थियो । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology