काठमाडौं, २५ साउन। कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मंगलबार राति धनगढी उपमहानगरपालिका—३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो ।
गम्भीर घाइते हुनु भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते हुनु भएको छ । उहाँको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।