गोरखा, २४ साउन । गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले जिल्लामा जनजातीको संग्रालय बनाउने मन भएको बताउनु भएको छ ।
२८ औँ विश्व आदीबासी दिवसको अबसरमा आज नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषदले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्नु हुदैँ उहाँ यस्तो बताउनु भएको हो । ‘म राजनितीक आन्दोलनले भन्दा पनि जनजातीको आन्दोलनले यहाँसम्म आइपुगेको हुँ’ उहाँले भन्नुभयो ‘जनजातीको अधिकार स्थापित नभएसम्म नेपालको बिकास सम्भव छैन भनेर लागेकाले नेतृत्व बिकास भएको हो ।’
जनजातीले अहिले सम्म इमानदारीताको नेतृत्व गर्दै आएको पनि उहाँले बताउनु भयो । नगरमा जनजातीको संरक्षण तथा संर्वधन गर्न उनीहरुकै सल्लाह अनुसार अघि बढ्ने मेयर राना मगरको भनाई छ। उहाँले सबै जनजातीहरुलाई एकता बद्ध भएर काम गर्न पनि अनुरोध गर्नु भएको छ ।
नगर समन्वय परिषदका अध्यक्ष भरत राना मगरको सभापतित्वमा तथा मेयर राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदीबासी जनजाती महासंघ गोरखाका अध्यक्ष विष्णु राना मगर, नेपाल तामाङ हेदुङका जिल्ला अध्यक्ष श्याम तमाङ, राष्ट्रिय आदीबासी महिला महासंघ गोरखाका पूर्व अध्यक्ष नानु माया थापा मगर, नेवा दअ दमुका सचिव विधा मास्के, नगर कार्यसमितिका कार्यपालिका सदस्य सवित्री थापा र तमु हिउल छोजधिका नगर सचिव रिना गुरुङलगायतले मनतव्य राख्नु भएको थियो ।
‘पहिचान, पहुँच र प्रतिनिधित्व र समावेशीकरणका लागी आदीबासी जनजाती आन्दोलन, जाती, भाषा,धर्म र संस्कृतिको संरक्षणको लागी देशव्यापी राष्ट्रिय जागरण’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न आदीबासी समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।