Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा श्रेष्ठ चयन


2.2K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा श्रेष्ठ चयन

गोरखा, २४ साउन । पूर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको सभापतिमा भीमसेन श्रेष्ठ चयन हुनु भएको छ ।

गोरखा सदरमुकाममा सोमबार भएको पार्टीको जिल्लास्तरी भेलाले गण्डकी गाउँपालिका वडा नं ३ फुजेलका भीमसेन श्रेष्ठको नेतृत्वमा सो पार्टी गठन भएको हो । सो कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहमा संयोजक तोकेको श्रेष्ठले जानाकारी दिनुभयो ।

आगामी भदौ ४ गतेभित्र जिल्लाका ९४ वटै वडामा र पालिकामा कार्यसमिति चयन गरी सार्वजनिक गर्ने उहाँले बताउनु भयो । सो भेलालाई केन्द्रीय समितिका सभापति लामिछानेले भर्चुअल विधिमार्फत सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीको विधान, पार्टीको रणनीति, कार्ययोजनाका साथै आगामि रणनीति बारेमा पार्टीका केन्द्रीय सदस्य तथा पार्टी संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताउनु भयो ।

केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख बुर्लाकोटीको प्रमुख आतिथ्यतामा र गण्डकी प्रदेश पार्टी कमिटीका सभापति डा.ढाकाकुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सदस्य एजिला गुरुङ, कुसुम महर्जन, बसुमाया तामाङ र पार्टीको प्रदेश सदस्यहरु विशेष पन्त, बोधराज रेग्मी, सितला थापा, श्याम सेन्चुरी, ढाका कुमार थापा लगायत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology