Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु


1.4K
Shares

आज थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं, २३ साउन । पछिल्लो २४ घन्टामा देशभर ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९३४ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार ३५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ८६२ जनाको पिसिआर र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६८६ जना सक्रिय संक्रमित छन्।

४७० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology