Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली


2K
Shares

मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

काठमाडौं, २३ साउन। ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ ।

ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उहाँको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ ।

ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उहाँमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लो जियु—जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उहाँ आठ पटक विश्व विजेता बनि सक्नु भएको छ ।

जियु—जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

उहाँको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology