Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नवजात शिशु हत्या गरेको आरोपमा आमासहित दुई पक्राउ


1.5K
Shares

नवजात शिशु हत्या गरेको आरोपमा आमासहित दुई पक्राउ

स्याङ्जा, २२ साउन । स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ । साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन् । उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गर्नु भएको थियो । पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो । सोही सूचनाको आधारमा खोजी थालेको थियो । खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला परेकी थिइन्।

अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो । त्यहाँबाट प्रहरीले शव सडिगलिसकेको अवस्थामा फेला पारेको हो । घटनामाथि थप अनुसन्धान गर्न लक्ष्‍मी र केदारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology