Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा लगाइयो आगो


1.3K
Shares

मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा लगाइयो आगो

काठमाडौं, २२ साउन । महोत्तरीमा एक जना ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा आगो लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भंगहा नगरपालिका—९ कन्चनवनकी रेशमादेवी सदा र उहाँकी छोरी प्रमिलाको शरीरमा शनिबार राती पौने १२ बजेतिर प्रमिलाका श्रीमान शंकर सदाले मट्टीतेल छर्किएर आगो लगाएका थिए।

आगोले ६५ वर्षीया रेशमादेवीको पिठ्युँ, पाखुरा र बाँया खुट्टामा जलेको छ भने ३५ वर्षकी प्रमिलाका दुबै हात, दुबै खुट्टादेखि पैतला र छाती जलेको छ। उहाँको अवस्था गम्भीर छ।

दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो। महोत्तरीका डिएसपी प्रकाश बिष्टका अनुसार जनकपुरमा उपचार हुन नसकेपछि उहाँहरूलाई आइतबार काठमाडौं पठाइएको छ।

मट्टीतेल छर्केर आगो लगाउने शंकरलाई प्रहरीले खोजी रहेको छ।

उनले किन सासु र श्रीमतीमाथि मट्टीतेल खन्याए भन्ने खुलिसकेको छैन।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology