गोरखा, २२ साउन । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल गोरखाको जिल्ला सचिवमा रिजन विश्वकर्मालाई चयन गरिएको छ । सदरमुकाममा शनिवार बसेको संगठनको विस्तारित बैठकले विश्वकर्मालाई सचिवको जिम्मेवारी दिइएको जिल्ला संयोजक सागर श्रेष्ठले जानाकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले जिल्ला र जिल्ला भित्रका सबै पालिकाहरुमा संगठन सुध्रिकरण अभियान सुरु गर्ने निर्णय गरेको छ । त्यस्तै सम्पुर्ण गाउँपालिकाहरुमा निरन्तर सिर्जनात्मक, प्रचारात्मक, जनतालाई सेवा दिने खालका कार्यक्रमहरु निर्माण गर्दै युवाहरुलाई संगठनको केन्द्रिय निति अनुसार वित्तिय साक्षरता तालिम र विपद् व्यवस्थापनको लागि युवालाई परिचालान गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।
सोही अवसरमा गएको बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा चुनावमा विजय भएका वाइसिएलका नेताहरु भिमसेन थापागाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष रन्जन रिमाल, धार्चे गाउँपालिका वाड नम्वर ७ का वडाध्यक्ष राकेस गुरुङ, सिरानचोक गाउँपालिका वाड नम्वर ६ का वडाध्यक्ष प्रेम वस्ती र जिल्ला समन्वय समितिकी सदस्य मिरा उपरकोटीलाई सम्मान गरिएको संयोजक श्रेष्ठको भनाई छ ।
भाद्र ३ र ४ गते आयोजना हुन लागेको संगठनको राष्ट्रि भेलाका लागि जिल्ला संयोजक सागर श्रेष्ठ, सचिव रिजन विश्वकर्मा र महिला प्रतिनिधि रिना थापा मगर प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको छ । पार्टीका केन्द्रीय सदस्य कृष्ण धितालको प्रमुख आतिथ्यतामा भएको बैठकमा अर्का केन्द्रीय सदस्य लेखबहादुर थापा र वाइसिएल गोरर्खाका जिल्ला इन्र्चाज सुदिप नगरकोटी लगायतको सहभागिता रहेको थियो ।