काठमाडौं, २१ साउन । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन हुनु भएको छ।
शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो।
यस्तै सहअध्यक्षमा गंगा नारायण श्रेष्ठलाई चयन गरेको छ।
उयपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाह चयन भएका छन्।
पार्टीको महासचिवमा रमेश यादव चयन हुनु भएको छ ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले निष्कासन गरेपछि भट्टराई लगायतले नयाँ पार्टी गठन गरेका हुन्। नयाँ पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षसहित पदाधिकारीहरू चयन गरेको हो।