Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको औंठी र मोबाइलसहित विमानस्थलबाट दुई जना पक्राउ


1.8K
Shares

सुनको औंठी र मोबाइलसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं, २० साउन । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका–८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट आज पक्राउ गरेको हो । प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology