Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रचण्डले भन्नुभयो – नेपाल एक चीन नीतिप्रति प्रष्ट छ


1.6K
Shares

प्रचण्डले भन्नुभयो – नेपाल एक चीन नीतिप्रति प्रष्ट छ

काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको बताउनु भएको छ । आज उहाँले आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट रहेको बताउनु भएको हो।

प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले भन्नु भयो, ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध नरहेको मल्लले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology