Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

एकैदिन थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु


1.7K
Shares

एकैदिन थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं, २० साउन। पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

६ हजार ४९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार ९४१ जनाको पिसिआर र तीन हजार ५५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७६० जना सक्रिय संक्रमित छन्।

३७० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology