गोरखा, २० साउन । नेपाली काँग्रेस पालुङटार नगर कार्यसमितिले करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगरिएकोमा ध्यानाकर्षण गराएको छ ।
नगर कार्यसमितिले विज्ञप्ति निकालेर आ.ब.२०७९र८० सुरु भएपछि साउन १६ गतेबाट लागु हुने गरी करारमा कार्यरत ९ जना कर्मचारीहरुलाई म्याद थप नगरिएकोप्रति ध्यानाकर्षण गराएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रलाई समेत बेवास्था गरी कामको आधारमा नभई बैचारिक आस्थाका आधारमा कर्मचारी हटाएको सभापति विमल ढकालले बताउनु भयो ।
कर्मचारीलाई नियम बिपरित प्रदेश लोक सेवा आयोगबाट पदपुर्ती प्रक्रिया समेत सुरु नहुँदै निश्कासन गरिएको प्रति आपत्ति जनाउदैँ उहाँले बिना शर्त तत्काल काममा लगाउन ध्यानाकर्षण पत्र मार्फत माग गर्नु भएको छ।
उहाँले आगामी दिनमा यस्तो गलत काम कारबाही नगर्न नगराउन नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण गराएको यदि यस्ता गतिबिधि भएमा नेपाली काँग्रेस पालुङटार नगर कार्यसमिति बिधि र पद्दतिअनुसार अघि बढ्ने जानकारी गरिएको बताउनु भयो।