Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

खोलामा शिशुको शव फेला


2.1K
Shares

खोलामा शिशुको शव फेला

काठमाडौं, २० साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ।

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो।

शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology