काठमाडौं, २० साउन । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जानेहुनु भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार खड्काको भ्रमणतालिका साउन २४ देखि २६ गतेसम्म रहेको छ ।
साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्धिपक्षीय वार्तासमेत हुनेछ र उहाँ साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नु हुाने छ ।