Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा कोरोना संक्रमण बढ्दै, सक्रिय संक्रमितको संख्या ३७ पुग्यो


1.6K
Shares

गोरखामा कोरोना संक्रमण बढ्दै, सक्रिय संक्रमितको संख्या ३७ पुग्यो

गोरखा, २० साउन । गोरखामा पछिल्लो समय कोेरोना संक्रमणको दर बढ्दै गएको छ । जिल्लाको विभिन्न स्थानिमा १५ जनामा गरिएको परिक्षणका क्रममा ५ जनामा संक्रमण देखिएको छ । बिहीबार गोरखा अस्पताल, आरुघाट गाउँपालि र पालुङटार नगरपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ५ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार गोरखा अस्पतालमा २ जना महिला र ५ जना पुरुषमा गरिएको परिक्षणमा २ जना पुरुषमा संक्रमण देखिएको थियो भने आरुघाट गाउँपालिकामा ४ जना महिला र २ जना पुरुषमा गरिएको परिक्षणमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।

पालुङटार नगरपालिकामा १–१ जना महिला र पुरुषमा गरिएको परिक्षणमा कसैलाई पनि पोजेटिन देखिएन ।

कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालका अनुसार साउन यता १९६ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५१ जनामा संक्रमण देखिएको छ । जस मध्ये १४ जनाले कोरोना जित्न सफल भएका छन् ।

जिल्लामा हाल गण्डकी, बारपाक सुलिकोट, धार्चे र चुम नुब्री गाउँपालिका बाहेकका ७ स्थानिय तहमा ३७ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology