Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मंसिर ४ मा चुनाव गर्न तयार छौं : प्रमुख आयुक्त थपलिया


1.5K
Shares

मंसिर ४ मा चुनाव गर्न तयार छौं : प्रमुख आयुक्त थपलिया

काठमाडौं, १९ साउन। निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताउनु भयो ।

उहाँले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने जानकारी दिनु भयो ।

‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया सुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology