Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका एक युवक स्रोत नखुलेको रकम सहित पक्राउ


4.5K
Shares

गोरखाका एक युवक स्रोत नखुलेको रकम सहित पक्राउ

गोरखा, १९ साउन । कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा गोरखा धावा ग्याल्जेन लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने २४ वर्षीय धावा ग्याल्जेनलाई प्रहरीले बुधवार राती पक्राउ गरेको हो ।

बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई स्रोत नखुलेको ३२ लाख र उनको कोठामा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी ४९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका धावाले काका खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र उताबाट पैसा पठाउने गरेको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन ।

उनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology